कास्की । गण्डकी प्रदेश सरकारले आज संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । बजेट ल्याउनुअघि नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने संसदीय परम्परा अनुसार आइतबार बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गर्नेछन् ।
आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेमगरले जेठ १२ गते पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकता जेठ १४ र १६ गते छलफलपछि सरकारले पास गरेको छ । संवैधानिक व्यवस्था अनुसार गण्डकी प्रदेश सरकारले असार १ गते बजेट ल्याउन लागेको छ । आइतबार प्रस्तुत हुने नीति तथा कार्यक्रमलाई आत्मसात गरि बजेट आउने छ।
आगामी वर्षका लागि ल्याइने बजेटको आकार घटाउने तयारी प्रदेश सरकारले गरेको छ । दायित्व सिर्जना भएर प्रक्रियामा रहेका भौतिक पूर्वाधार क्षेत्रका योजना पूरा गर्ने तर क्रोनिक भएर बसेका आयोजनालाई अगाडि बढाउन नसकिने प्रदेश सरकारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्