Ads

एक घण्टाको लागि स्थगित भएको प्रतिनिधिसभा बैठक भोलि बस्ने


काठमाडौं । प्रतिपक्ष दलहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको भोलि बस्ने भएको छ । संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सोमबार ११ बजे बस्ने बताएका छन् ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको छ ।

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रतिपक्ष दलहरुको अडान छ। राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने एमालेको रणनीति छ।

त्यस्तै रास्वपा र राप्रपाले संसद छलेर गरिएको नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू