Ads

आइतबार स्थगित संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै


काठमाडौँ । विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो । अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरे पनि उनीहरूसँग कुरा नमिलेपछि सोमबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको छ । उता नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक पनि आइतबार स्थगित भएको थियो ।

आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो । त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू