Ads

प्रधानमन्त्री बोल्दा बोल्दै सुर्य थापाले रोक्न खोजेपछि…


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद सुर्य थापाले उठेर अवरोध गर्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशकै निरन्तरता भएको जवाफ दिएपछि थापाले उठेर आपत्ति जनाएका हुन् ।

संसद्मा विचाराधीन विधेयक संसद्सँगै निष्क्रिय भए पनि प्रधानमन्त्रीले ढाँटेको भन्दै सांसद थापाले आपत्ति जनाए ।प्रधानमन्त्रीले विधेयक संसद्मा विचाराधीन नभएर राष्ट्रपतिको पुगिसकेको विधेयको विषय बताए पनि थापाले भने नियमावलीको दफा कोट गरेर विचाराधीन भनेका थिए ।

यद्यपी थापाले प्रधानमन्त्रीको भनाइमा खेद प्रकट गरे पनि उनको खेद शब्द नै निश्क्रिय हुन पुग्यो ।  थापाको खेद उपर सभामुखले कुनै प्रतिक्रिया जनाएनन् ।

Ads

सम्बन्धित पोष्टहरू