Ads

निर्वाचन सरकारको मात्र स्वेच्छाको विषय होईन : एमाले अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउदो ४ जेठमा स्थानीय निर्वाचन गर्नैपर्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । निर्वाचन सरकारकोमात्र स्वेच्छाको विषय नभएकाले ४ जेठमा निर्वाचन गर्नुपर्ने बाध्यता रहेको ओलीले बताए ।

‘संविधानको सहि कार्यन्वयन उत्तर दायित्व निभाउने हो भने फागुनभित्र निर्वाचन गरिसक्नुपर्थ्यो, यस सम्बन्धमा हामीले पटक–पटक सरकारलाई पटक–पटक ध्यानकर्षण पनि गराएका हौ’, ओलीले भने, ‘तर सरकार संविधान कार्यन्वयन र लोकतान्त्रिक अभ्यास, संघीयताको कार्यन्वयन गर्नुभन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भयो ।’

उनले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू