काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजको राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची प्रभावित पार्दै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड पुगेका छन् । भारतीय योगगुरु रामदेवसहित पतञ्जलीको संलग्नतामा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तड पुगेका हुन् ।
आज बिहान ११ बजेर ११ मिनेटका लागि तोकिएको राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची राखिएको हो ।
यद्यपी, प्रधानमन्त्री प्रचण्ड भने आध्यात्मिक सम्मेलनको उद्घाटन सकेर अपरान्ह तीन बजे काठमाडौं फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री फर्किएपछि आजै ४ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्