Ads

हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको प्रस्तावका विरुद्ध उजुरी


काठमाडौं । हाल कायममुकायम रहेका हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउन गरिएको प्रस्तावका विरुद्ध उजुरी परेको छ । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको हो ।

संसदीय सुनुवाइ समितिले कसैलाई प्रधानन्यायाधीश हुन अयोग्य छ भन्ने लागेमा यही जेठ २६ गतेभित्र उजुरी दिन आव्हान गरेबमोजिम कार्कीका विरुद्धमा उजुरी परेको हो । असारमा नियुक्ति पाएर साउनमा कार्यकाल सकिने कार्कीले सेवानिवृत्त भएपछि पूर्व प्रधानन्यायाधीशलाई राज्यबाट पाउने

करोडौंको गाडी, पेन्सन, सुरक्षाकर्मीजस्ता सुविधाको लोभले त्यो पदमा जान खोजेको आरोप लगाउँदै  रतन भण्डारीले उनीविरुद्ध उजुरी हालेका छन् । कायममुकायम प्रधानन्यायाधीश कार्कीले पदमा हुँदा पदीय आचरण र सामान्य विधिशास्त्रीय प्रचलन र आचारसंहिताविपरीत काम गरेकाले उनी प्रधानन्यायाधीश हुन अयोग्य रहेको दाबी उजुरीमा गरिएको छ ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सर्वोच्च अदालत झन्डै १५ महिनादेखि प्रधानन्यायाधीशविहीन छ ।

Ads

सम्बन्धित पोष्टहरू