Ads

मेरो आफ्नै सहयोगी छन्, अनधिकृत व्यक्ति नियुक्त गर्नु जरुरी छैन : अर्थमन्त्री महत


काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री महतले बजेट निर्माणका क्रममा आफूले इमान्दारपूर्वक काम गरेको भन्दै करको दर हेरफरेका क्रममा अनधिकृत व्यक्तिको प्रवेशको बिषयमा सत्यता नभएको बताएका हुन् ।

उनले राजश्व परामर्श समितिको सुझाव  र आन्तरिक छलफलबाट नै बजेटलाई अन्तिम रुप दिएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी आफुले लिने जिकिर गरे । बजेट निर्माणमा संलग्न भनिएका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठले आधिकारिक निर्णय भएको कुरालाई टाइप गर्ने काम गरेको र निर्णय प्रक्रियामा संलग्न नरहेको उनले बताए ।

मन्त्री महतले आफु मन्त्रालयमा आउनुभन्दा अगाडि नै सहयोगीका लागि श्रेष्ठको नियुक्ति भइसकेको बताए । विधुतिय गाडीको बिषयमा उनले सानो क्षमताका लागि कम कर र ठूलो क्षमताका लािग त्यही अनुसारको कर लगाएको भन्दै केहि बिरोधीहरुले अनावश्यक हल्ला फैलाएको बताए । प्रभाव र दवावमुक्त भएर काम गर्ने प्रतिवद्धताका साथ अर्थमन्त्रालयमा छिरेको भन्दै त्यही प्रतिवद्धताका आधारमा आफुले काम गरेको उल्लेख गरे ।

Ads

सम्बन्धित पोष्टहरू