काठमाडौं । मन्त्रिपरिषद्को बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको बेल्जियम भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले उक्त कुराको जानकारी दिएकी हुन् ।
मन्त्री शर्माले आगामी जेठ २९ देखि ३२ सम्म बेल्जियमको ब्रसेल्समा आयोजना हुने मेट्रो पुलिस वर्ल्ड कङ्ग्रेस र अर्बन समिटमा भाग लिन जान लागेका साहको भ्रमणलाई स्वीकृति प्रदान गरेको जानकारी दिइन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले विद्युतीय व्यापारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेस गर्नको लागिसमेत स्वीकृति दिएको छ ।
प्रतिक्रिया दिनुहोस्