धनगढी । मूल्यवृद्धिको विरोधमा धनगढीमा भएको प्रदर्शनका क्रममा एमाले कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका क्रममा झडप भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राँके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ। झडपमा वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरीप्रसाद जैशी घाइते भएका छन्।
अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए।
प्रतिक्रिया दिनुहोस्