Ads

प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने


काठमाडाैं ।  संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल जारी रहनेछ।

छलफलमा सांसदले बजेटमाथि आ–आफ्नो धारणा राखिरहेका छन् । बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज धारणा राख्नेछन् ।

प्रतिपक्षका साथै सत्तारुढ दलका केही सांसदले पनि बजेटको आलोचना गरिरहेका छन् । यस्तै, सांसदहरूले विगत वर्षजस्तै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा पनि शंका व्यक्त गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू