Ads

सरकारमा रहेका दलकै सांसदले भने, हामी यो बजेट पास हुन दिँदैनौं


काठमाडौं । सरकारमा रहेको दल नेकपा (एकिकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका सांसद राजेन्द्रप्रसाद पाण्डेले अहिलेकै अवस्थामा बजेट पास हुन नदिने चेतावनी दिएका छन् । आज काठमाडौंमा भएको पार्टी निटक पत्रकारहरुको संगठन प्रेस संगठनको पहिलो अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष पाण्डेले यस्तो चेतावनी दिएका हुन् ।

वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनै पनि हालतमा बजेट पास हुन नदिने पाण्डेले बताए । ११० करोड डडेलधुरा, ५५ करोड गोरखा र ७०-७५ करोड नुवाकोटमा गरी कुल २३२ करोड बजेट छुट्याइएको र बाँकी ७४ जिल्लामा २६८ करोड बजेट छुट्याइएको भन्दै यो कुनै पनि अवस्थामा सह्य नहुने चेतावनी उनको छ ।

यथास्थितिमा बजेट पास गर्न नदिने र त्यसको सजाय सरकार छोड्नुपर्ने भए पनि पार्टी तयार रहेको पाण्डेले बताए । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने बजेट आफू र आफ्ना पार्टीलाई स्वीकार्य नहुने उनले चेतावनी दिए ।

Ads

सम्बन्धित पोष्टहरू