Ads

ओलीले दुई घण्टा टिप्पणी गर्नुभयो, बजेटमा केही महत्त्वपूर्ण कुरा छन् : अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटमा सांसदहरूले गरेको बहसले हौसला प्रदान भएको बताएका छन्।

प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताए।

उनले भने, ‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो ।

यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन् अर्थमन्त्रीले भने । यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ । होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो। त्यस अर्थमा मलाई खुसी लागेको छ ।’

Ads

सम्बन्धित पोष्टहरू