Ads

प्रतिनिधिसभामा दुई विधेयक प्रस्तुत


काठमाडौं । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् ।

दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू