जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् ।सरकारमा सहभागी नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनापछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।
आज साँझ ५ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने प्रदेश सभाका सचिव रंजितकुमार यादवले जानकारी दिए ।नेकपाएमालेले गत जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार सरकार निर्माणमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्छ । हाल प्रदेश सरकारमा एमाले बाहेक सबै दल सहभागी छन् । प्रदेशसभामा एक सय सात जना सांसद रहेकाले बहुमतका लागि ५४ सांसदको आवश्यकता छ।
प्रतिक्रिया दिनुहोस्