Ads

बालुवाटारमा गठबन्धनको बैठकसम्पन्न , बजेटमा भएको असन्तुष्टि सम्बोधन गर्ने सहमति


काठमाडौं । सत्तागठबन्धनमा रहेका दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेटलाई लिएर तीब्र असन्तुष्टि बढेपछि सोही विषयमा केन्द्रीत रहेर बसेको बैठक सकिएको हो ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार आजको बैठकमा आगामी वर्षको बजेटलाई लिएर गठबन्धनका दलहरुबीच बढेको असन्तुष्टिलाई

सम्बोधन गर्ने सहमति भएको छ । पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल भएको बताएका नेता श्रेष्ठले बै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने सहमति भएको बताए ।

उनले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको बजेटका विषयमा गम्भीर असहमति राखेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई सम्बोधन गर्ने आश्वासन दिएको जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू