Ads

सुदूरपश्चिमको नीति तथा कार्यक्रम बहुमतले पारित


धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको थियाे । प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्नेछ । सरकारले असार १ गते बजेट ल्याउने तयारी गरिरहेकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू