Ads

उत्तेजनापूर्ण अभिव्यक्ति नदिन मन्त्री यादवलाई आयोगको निर्देशन


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

कार्यालय बोलाएर माघ ५ गते समाजवादी युवा संघले रौतहटको गौरमा आयोजना गरेको सभामा उनले दिएको अभिव्यक्ति एवम् त्यसबाट सिर्जित अवस्थाप्रति आयोगले त्यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्री यादवले अर्को गौर नरसंहार मच्चाउने अभिव्यक्ति दिएकी थिइन् ।

जवाफमा मन्त्री यादवले  हिंसा तथा मुठभेड गर्ने आफ्नो मनसाय नरहेको र यस्ता अभिव्यक्ति आफूबाट भविष्यमा नदोहोरिनेमा सचेत रहेको पनि बताईन ।

आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले विज्ञप्तिमार्फत उक्त जानकारी गराएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू