Ads

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिनेसँग आज छलफल


काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिनेहरुसँग आज छलफल गरिने भएको छ । संसदीय सुनुवाइ समितिले आज कार्कीविरुद्धका उजुरीकर्ताहरुसँग छलफल गर्न लागेको हो ।

समिति श्रोतका अनुसार आजै एकैदिनमा उजुरीकर्ताहरुसँग छलफल गर्न लागिएको छ । आज नै उनीहरुसँग छलफल गर्ने र कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने या नगर्ने भन्नेबारे टुंगो लाग्ने बताइएको छ

सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी प्राप्त भएका छन् । उक्त उजुरीहरु पनि छनोट गरेर सिमित व्यक्तिहरुसँग मात्र छलफल गरिनेछ ।

कार्कीविरुद्ध बहालवाला न्यायाधीश डा श्रीकृष्ण भट्टराईले प्रधानन्यायाधीशको लागि अयोग्य भनेर उजुरी गरेका छन् । बहालवाला न्यायाधीशले प्रधानन्यायाधीशविरुद्ध उजुरी दिएको यो पहिलो घटना हो भने यतिधेरै उजुरी परेको पनि पहिलो पटक हो ।

Ads

सम्बन्धित पोष्टहरू