Ads

सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ, । सांसदहरुले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै न्यूनीकरणका लागि ध्यानाकर्षण गराएका हुन् ।

सांसद शिशिर खनालले नेपालमा सडकमा हुने दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको बताएका छन् । “पछिल्लो एक दशकमा १९ हजारले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । जुन १० वर्षीय सशस्त्रद्वन्द्वमा मारिनेकोभन्दा बढी सङ्ख्या हो”, उनले भने, “गत वर्ष भएका २४ हजारभन्दा बढी सवारी दुर्घटनाको ९० प्रतिशत कारण चालकको लापरबाही देखिएको छ ।” उनले चालक लाइसेन्सको प्रणाली र सुरक्षित ड्राइभिङको संस्कृतिमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

सांसद सिता मिजारले सवारी दुर्घटनाको तथ्याङ्क प्रस्तुत गर्दै यसको न्यूनीकरणमा सरकार गम्भीर हुनुपर्ने बताईन् । सांसद सुशीला श्रेष्ठले भुस्याहा कुकुरका कारण सवारी दुर्घटना बढेको बताईन । उनले पैदल यात्रीलाई कुकुरको आक्रमणले असुरक्षित बनाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराईन् । सांसद स्वर्णीम वाग्लेले सवारी दुर्घटनामा तत्काल उद्धारका लागि सरकारको तयारीमा थप सुधार गर्नुपर्ने बताएका छन् । उनले सार्वजनिक संस्थाको क्षयीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा पदपूर्ति र संस्थाको सम्पत्ति जर्गेना गर्नका लागि उहाँले जोड दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू