Ads

शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा पठाउने आदेश


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका भीआईपीमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साताभन्दा लामो बहस र सुनुवाइपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित लक्ष्मी महर्जन र टंक गुरुङबाहेक बाँकी १६ जनालाई कारागार सजाय भएको हो ।

उनीहरु सबैलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाउन अदालतले आदेश दिएको छ ।

खाणको पक्षबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता खम्म खातीले अदालतसमक्ष डिल्लीबजार कारागार पठाइदिन गरेको लबिङ न्यायाधीशले अस्वीकार गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू