Ads

राजतन्त्रको पक्षमा कांग्रेस नेता कोइराला ! राजनीतिमा तरंगको संकेत


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविनद्र मिश्रले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको एउटा तस्बिर सहितको अभिव्यक्तिले नेपाली राजनीतिमा एक प्रकारको तरंग ल्याएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालासँगको तस्बिर शेयर गर्दै मिश्रले दिएको अभिव्यक्तिले राजनीति तरंगित बनेको हो ।

मिश्रले कांग्रेस केन्द्रीय सदस्य कोइरालालाई आफूद्वारा लिखित पुस्तक ‘विचारभन्दा माथि देश’ हस्तान्तरण गरिरहेको तस्बिर सार्वजनिक गरेका छन् । उनले कोइरालासँग आफ्नो विचारमिलेको भन्दै अब देशको माहोल परिवर्तन हुँदैछ भन्नेबुझ्न सामाजिक सञ्जाल मार्फत आग्रह गरेका छन् ।

मिश्रले लेखेका छन्–‘कांग्रेस नेता डा। शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– म ‘राजा’लाई कहिल्यै ‘पूर्वराजा’ भन्दिनँ नि मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्रजस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ । गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन्– ती हुन् ‘राजा ।’

त्यसका साथै मिश्रले तपाईंको यो भनाइ म उद्धरण गर्न सक्छु ? भनेर प्रश्न गर्दा किन नसक्नु ? मैले सार्वजनिक रुपमै भनेको कुरा हो यो भनेर उत्तर दिएको दाबी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू