काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोध गरेर कुनै प्रतिफल हात नलाग्ने बताए । गठबन्धनले गरेको राजनीति वास्तविक राजनीति नभइ जनता अल्मल्याउने र राजनीतिप्रति जनतामा वितृष्ण जगाउने काम मात्रै भएको ओलीको टिप्पणी छ ।
एमाले राणा शासनको चाकडीबाट आएको पार्टी नभइ कामको मुल्यांकनका आधारबाट आएको पार्टी भएको भन्दै ओलीले क्षमताका आधारमा नेता कार्यकर्तालाई जिम्मेवारी तोकिने बताए । गठबन्धनभित्र समाजवादी मोर्चा गठनको चर्चा चलिरहँदा ओलीले यसको औचित्यमाथि प्रश्न उठाए ।
सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी ,बाहिरका बाबुराम भट्टराई नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी मोर्चा बनाउने चर्चा भइरहेको छ। एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चाको कुरा ल्याइएको उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्