Ads

बजेटमा भएका कमजोरीहरु सच्याउन आवश्यक छ: रमेश लेखक


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यक रहेको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बतार्एका हुन् । कांग्रेसका प्रमुख सचेतक लेखकले बजेट केन्द्रिकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए । उनले बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा जोड दिए ।

उनले सशर्त अनुदान विषयगत बनाइ स्थानीय तहमा पठाउनुपर्ने बताएइ। संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको उनले बताए । प्रमुख सचेतक लेखकले साना बजजेटहरु केन्द्र सरकारले नभइ स्थानीइ तहलाई नै त्यसको जिम्मेवारी दिनुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू