Ads

ओलीको निर्देशन : कोशीबाहेक अरु प्रदेशको बजेट सच्याउन सशक्त विरोध गर्नुस्


काठमाडौं । नेकपा (एमाले)लेका अध्यक्ष केपी शर्मा ओलीले बजेट विनियोजन पैत्रिक सम्पत्ति जस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक भएको बताएका छन् । आज सातै प्रदेशका एमालेबाट निर्वाचित प्रदेश सभा सांदहरूसँग भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवाभन्दा सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाएर बजेट आएको टिप्परी गरे ।

उनले भने, ‘बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्नुस् । बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउनुपर्छ । हाम्रो पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्नुपर्छ ।’

सातै प्रदेशको प्रस्तुति सुन्दा कोशी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको जिकिर गरे। उनले कोशी प्रदेश नामाकरणको बिषयमा प्रदेश सभाको दुईतिहाईले विधिवत ढङ्गले निर्णय गरेको निर्णयलाई लिएर झमेला निकाल्न खोजिएको बताए ।

कोशी सभ्यतासँग जोडिएको र यसले त्यस प्रदेशलाई सम्पूर्णरूपमा समेट्ने बताए। संवैधानिक प्रक्रियाभन्दा बाहिर गएर अनुचित ढङ्गले नाम परिवर्तन नहुने र साम्प्रदायिक, हिंसात्मक र अराजक गतिविधि एमालेलाई स्वीकार्य नहुने बताए ।

कोशी प्रदेश सरकारमा देखिएको समस्या समाधान गरिने र नेकपा (एमाले) नेतृत्वको सरकार कायम रहने कुरामा जोड दिए ।

Ads

सम्बन्धित पोष्टहरू