काठमाडाैं । आज पनि प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा बैठक बस्ने भएकाे हाे । बैठक बिहान ११ बजे बस्ने तालिका छ।
आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ। जसअनुसार संचार तथा प्रविधि मन्त्रालय, परराष्ट्र र उर्जा मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ।
यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल पनि सकिएकाे छ ।
सम्भावित कार्यसुची यस्ताे छ :
प्रतिक्रिया दिनुहोस्