Ads

प्रधानमन्त्री प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनमा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने संखुवासभाको तुम्लिङटार गएका छन् ।

प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न गएका हुन् ।

उनी आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।

साथै अवलोकन गर्नेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि छन्।

 

Ads

सम्बन्धित पोष्टहरू