Ads

उपप्राध्यापक प्रेम चलाउने अदालतबाटै समातिए


काठमाडाैँ । उपप्राध्यापक प्रेम चलाउने जिल्ला अदालत काठमाडौं परिसरबाट प्रहरी नियन्त्रणमा परेका छन् ।

प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट घिसार्दै पक्राउ गरेको हो । अदालत परिसरमै अनशन बस्न तयार भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको हो।

चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरुले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए।

त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो। मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो।

तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ।

सरकारको निर्णयविरुद्ध चलाउनेले काठमाडौं जिल्ला अदालत परिसरभित्र आमरण अनशन बस्ने चेतावनी दिएका थिए। त्यहीअनुसार उनी अनशन बस्न तयार भएका थिए।

तर प्रहरीले न्याय खोजिरहेका चलाउनेलाई होहल्ला गरेको आरोपमा पक्राउ गरेर लगेको हो। अहिले उनलाई सिंहदरबार बृत्तमा राखिएको छ।

Ads

सम्बन्धित पोष्टहरू