Ads

ताप्लेजुङ अवतरण हुन नसकेपछि प्रधानमन्त्री सवार हेलिकप्टर विराटनगरमा आकस्मिक अवतरण


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली सवार हेलिकप्टर प्रतिकूल मौसमको कारण ताप्लेजुङमा अवतरण हुन नसकेपछि विराटनगर अवतरण गरेको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभा गएको टोली त्यहाँबाट ताप्लेजुङ प्रस्थान गरेको थियो ।
तर प्रतिकूल मौसमका कारण ताप्लेजुङमा हेलिकप्टर अवतरण गर्न नसकेपछि विराटनगर अवतरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सहरी विकास मन्त्री सिता गुरुङ, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरु छन् ।

Ads

सम्बन्धित पोष्टहरू