काठमाडौं । समाजवादी मोर्चा घोषणा भएको छ ।
राष्ट्रिय सभागृहमा चार दलका अध्यक्षहरूले सहमति पत्रमा हस्ताक्षर समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।
प्रधानमन्त्री तथा माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा घोषणा गरिएको हो ।
नेताहरूले हस्ताक्षर गरेपछि समाजवादी मोर्चाको सहमति पत्रका मस्यौदाकार जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले सहमति पत्र पढेर सुनाए ।
प्रतिक्रिया दिनुहोस्