Ads

समाजवादी मोर्चा सत्ता टिकाउने मात्र नबनोस्, आमूल परिवर्तन गर्ने बनोस्, : झलनाथ खनाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताए।

‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकतावद्ध बनाउने मोर्चा बनोस्’ उनले भने ।

मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई ल्याउनुपर्ने बताए।

‘जबसम्म देशका क्रान्तिकारीहरु, आमूल परिर्तनकारीहरु, प्रगतिशीलहरु एकतावद्ध भएर उभिदैनौं, तबसम्म आमूल परिवर्तन हुँदैन। यो मोर्चा पहिलो पाइला मात्र हो । सिंगो देशका समस्त वामपन्थी, समाजवादी र क्रान्तिकारीलाई एकतावद्ध गर्नुपर्छ । यसलाई अझै व्यापक बनाउनुपर्नेछ र विस्तार गर्नुपर्नेछ’ उनले भने ।

Ads

सम्बन्धित पोष्टहरू