Ads

समाजवादी मोर्चा घोषणामा प्रचण्डले सम्झिए एमाले र माओवादीबीचको पार्टी एकता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरेका छन् ।
समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतार गरेको पनि टिप्पणी गरे ।

उनले भने, राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन सकेनौ । त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘शायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि ?’

‘हामीले त्यतिबेला नै समाजवादी मोर्चा भनेर मोर्चाबाट काम सुरु गरेर विचार राजनीति, संगठन, कार्यशैलीमा एकरुपता कायम गरेपछि एकतामा पुग्ने उद्देश्य राखेको भए हामी सफल हुन्थ्यौं कि ? सबैले सोच्नुपर्ने परिस्थिति छ’, उनले थपे ।

हिजोको तितो अनुभवबाट सिक्नुपर्ने भन्दै उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संश्लेषण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।

Ads

सम्बन्धित पोष्टहरू