काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता, अनुशासनहीनता र जिम्मेवारीबोधको कमी बढेको बताएका छन् । नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
समाजको अहिलेको सबैभन्दा ठूलो समस्या नै अराजकता, उनले भने, ‘मैले भन्ने गरेको छु, दिमागमा अहंकार पसेपछि त्योभित्र पसेपछि ढोका लगाउँछ ।
चुकुल लगाउँछ । साँचो पनि लगाउँछ । केही ज्ञान, गुण, आचारण, सीप केही पनि प्रवेश गर्न पाउँदैन घमण्डले । अरु चिज प्रवेश नै गर्न पाउँदैन । घमण्डमात्रै हुन्छ दिमागमा । घमण्डी दिमागले केही सोच्नै सक्दैन । नाम नै अहंकार । मान्छे बन्नै सक्दैन । त्यसले मान्छेलाई दुष्टात्मा बनाउँछ ।’
अध्यक्ष ओलीले जीवनको लागि योग गर्नुपर्ने बताए ।अघिल्लो दिन टिल्ल भएर भोलिपल्ट बिहान योग गर्नुको अर्थ नहुने बताउँदै उनले भने, ‘अघिल्लो दिनको ह्याङ्ले टाउको दुःखेको हुन्छ । टिल्ल भएको भोलिपल्ट योग गर्नुको अर्थ हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्