Ads

बजेट संशोधन नगरे विपक्षमा उभिने सत्तापक्षकै सांसदहरूकाे चेतावनी


काठमाडौँ । सरकारले ल्याएको आगामी वर्षको बजेटबाट सत्तापक्षकै सांसदहरुले असन्तुष्ट जनाएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै उनहरुले असन्तुष्ट जनाएका हुन् ।

नेकपा एसका सांसदहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुधबार आफ्नो धारणाबारे जानकारी दिँदै यथास्थितिमा पास गर्न सहयोग नगर्ने उल्लेख गरेका छन् । नेकपा एसका केहिँ सांसदहरु बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको छ ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले बजेट संशोधन नगरे पक्षमा मत नदिने चेतावनी दिएका छन् । बजेटमा एकलौटी गरिएको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै उनले असन्तुष्ट जनाए ।

’बजेट असन्तुलित छ । जो मन्त्री हो उसले उसकै जिल्लामा मात्रमा बजेट लैजाने हो भने हामीले किन पास गरिदिनुपर्ने ? सांसद पाण्डेले भने, । हामी के पास गर्ने खटाएका सिपाही हौं र !’ नेकपा एसका उपाध्यक्षसमेत रहेका सांसद पाण्डेले ईकान्तिपुरसँग भने, ’बजेट पास नभएकै कारण सरकार ढल्छ भने ढलोस् ।’

अर्का सांसद कृष्णकुमार श्रेष्ठले पनि बजेटमा मनलाग्दी गरिएकाले आफूहरुले विरोध गरेको बताए । ’अहिलेको बजेट सन्तुलित छैन । यसमा मनलाग्दी गरिएको छ । त्यसैले यथास्थितिमा हामीले भोट हाल्ने अवस्था रहँदैन भनेर हामीले भनेका छौं‚’ सांसद श्रेष्ठले भने, ’यसबारेमा हाम्रो संसदीय दलमा छलफल हुन्छ ।

बजेट कुनै जिल्लामा मात्र केन्द्रित रहेको, प्याज आलुलगायतमा कर बढाएको, डीपीआर नै नभएका परियोजनामा अर्बौं बजेट हालेको भन्दै नेकपा एसका सांसदले आपत्ति जनाएका छन् ।

नेकपा एसका अध्यक्ष नेपालले पनि यसअघि सार्वजनिक मञ्चबाटै बजेट संशोधन नभए पास गर्न नसकिने बताएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू