Ads

आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रममा सबै दललाई निमन्त्रणा


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ ।

बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने चियापानमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ । गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

यो अवधिमा रास्वपाले वृक्षरोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ । साताव्यपी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको हो । रवि लामिछानेको नेतृत्वमा स्थापना भएको रास्वपाले एक वर्ष नबित्दै प्रतिनिधिसभामा २१ सिटसहित दरिलो उपस्थिति जनाएको छ।

Ads

सम्बन्धित पोष्टहरू