काठमाडाैँ । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
शाहलाई आज पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।
शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।
रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।
त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्