काठमाडौँ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको चियापन कार्यक्रमा पुगेका छन् । रास्वपा स्थापनाको एक वर्ष पुगेको अवसरमा आयोजित चियापान समारोहमा भाग लिन अध्यक्ष ओली बिहीबार केन्द्रीय कार्यालय घन्टीघरमा पुगेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा केही पछि पुगेका उनी रास्वपा सभापति रवि लामिछानेलाई भेट्दा खुसी मुडमा देखिए ।
रास्वपा नेताहरुले उनलाई स्वागतका क्रममा चुनाव चिह्नसमेत रहेको घन्टी बजाउन लगाए । यसअघि प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुले पनि घन्टीघरमा राखिएको घन्टी बजाएका थिए।
प्रतिक्रिया दिनुहोस्