Ads

बजेटकै कारण सत्ता समीकरण टुट्दैन, तर गलत कुरालाई सच्याउनुपर्छ : उपाध्यक्ष पाण्डे


काठमाडैँ, । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेट संशोधन नगरी पास गर्न नदिने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकपछि उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन्।

बजेटको विषयमा पनि अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने उनले बताए।

पाण्डेका अनुसार संसदीय दलको बैठकमा बोल्ने सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्न नहुने धारणा राखेका छन् ।

आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको उनले बताए । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनको भनाइ छ ।

पाण्डेले बजेटकै कारण सत्ता समीकरण नटुट्ने बताए । तर बजेटका गलत कुरालाई सच्याउनुपर्ने उनको भनाइ छ। आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदनबिना बजेट बजेट बनाउन नहुने उनले बताए।

Ads

सम्बन्धित पोष्टहरू