Ads

बालकृष्ण खाँणलाई भेट्न जेलमै पुगे परराष्ट्रमन्त्री साउँद


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका बालकृष्ण खाँण र परराष्ट्रमन्त्री एनपी साउँदबीच भेटवार्ता भएको छ ।

मन्त्री साउँद बन्दी खाँणलाई भेट्न आज आज उनी रहेको केन्द्रीय कारागार सुन्धारा पुगेका हुन् । भेटका क्रममा मन्त्री साउँद र बन्दी खाँणबीच समसामयिक राजनीतिका बारेमा छलफल भएकोबताइएको छ ।

मन्त्री साउँसँगै कारागारमा कांग्रेस सहमहामन्त्रीद्वय महेन्द्र यादव र भिष्मराज आङ्डेम्बे पनि खाँणलाई भेट्न पुगेका थिए । करिब १० मिनेटको कुराकानीपछि उनीहरु फर्किएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि काठमाडौं जिल्ला अदालतले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू