Ads

आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं : सञ्चार मन्त्री शमा


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै नागरिकसामू सूचना प्रविधिको पहुँच प-याउन सरकारले निरन्तर काम गरिरहेको बताएकी छन् ।

‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उदघाटन समारोहमा बोल्दै सञ्‍चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् ।

सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि स्टाफ कलेजको व्यवस्था गर्ने उनले बताइन् । ‘हामी सरकारी सेवामा भएका आईटी जनशक्तिको विकासका लागि छुट्टै स्टाफ कलेजको व्यवस्था गर्छौं ।’

सबै नागरिकसामू सूचना प्रविधिको पहुँच प-याउन आवश्यक नीति बनाउने काम भइरहेको जानकारी उनले दिइन्।

सूचना प्रविधि क्षेत्र पुरानै नीतिले चलिरहेको बताउँदै उनले पुराना नीतिलाई समयानुकूल बनाउने गरी मन्त्रालयले काम गरिरहेको बताइन्। ‘मन्त्रालय मात्र नभएर सरकारले मन्त्रीपरिषदमा पनि छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘अबको १० वर्षमा सूचना प्रविधिमा उल्लेखनीय विकास हुनेछ।’

सरकारसँग समन्वय गर्न सक्ने संस्था नहुँदा डिजिटल नेपाल फ्रेमवर्कलाई पूर्ण कार्यान्वयन गर्न कठिन भएको उनले बताइन्। उनले भनिन्, ‘डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि अधिकारप्राप्त संस्थाको खाँचो छ । यसका लागि मन्त्रालयमा छलफल भइरहेको छ।’

सूचना प्रविधिबाट हुन सक्ने दुरूपयोग रोक्न मन्त्रालय सचेत रहेको र सरकारले डिजिटल साक्षरतामा काम गर्न खोजिरहेको उनले बताइन्।

Ads

सम्बन्धित पोष्टहरू