Ads

सीमा सुरक्षाका लागि सरकार संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । सीमानाको सुरक्षाका लागि सरकार संवेदनशील रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन् ।

उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताए । उनले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप

सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताए । त्यस्तै बोर्डर आउटपोष्टहरूको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।

‘हालसम्म स्थापना भएका २५० बोर्डर आउटपोष्टहरु मध्ये १२८ वटाको भौतिक संरचना निर्माण भएको र चालु आर्थिक वर्ष २०७९ / ८० सम्ममा थप १० बोर्डर आउटपोष्टहरु निर्माण सम्पन्न हुनेछन् । र यो विषयमा सरकार गम्भीर रहेको छ । उनले भनेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू