Ads

मधेस प्रदेशः एक जना राज्यमन्त्री थप्यो


काठमाडौं । मधेस प्रदेश सरकारले एक जना राज्यमन्त्री थपेको छ । राज्यमन्त्री बनेका नागेन्द्र राय यादव नेकपा एकीकृत समाजवादीका सांसद हुन् ।

मुख्यमन्त्री लालबाबु राउतले यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री राउतबाट यादवलाई सपथ खुवाएका हुन् ।
यादव रौतहट क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका थिए ।

योसँगै मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

Ads

सम्बन्धित पोष्टहरू