Ads

चर्चित भष्टाचारका काण्डहरूको छानबिन गर्न न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गराैँ


काठमाडाैँ । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका काण्डहरूको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले कुन मितिदेखिको भ्रष्टाचारको छानबिन गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने धारणा राखे।
छानबिनका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्नेमा उनले जोड दिए।
‘यो देशमा चर्चित भएका ८–१० वटा भ्रष्टाचारका काण्डहरू, जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरि ठुल्ठूला भाषण गरेर त्यसका विरोधमा बोल्दाखेरि धेरै ताली लिए, ती भ्रष्टाचार काण्डहरू अहिले कहाँ गए ? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म ? त्यसलाई सर्वदलीय सहमति गरेर, कहिलेदेखिको गर्ने समयसीमा गरोस् सरकारले। तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी रूपबाट शक्तिसम्पन्न आयोग गठन गरेर यी चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन हामी गर्न सक्छौँ कि सक्दैनौँ ?’ केसीले प्रश्न गरे।

Ads

सम्बन्धित पोष्टहरू