Ads

सँधै एउटै प्रश्न सोधेर हैरानी नदिन पत्रकारहरुलाई रेशम चौधरीको चेतावनी


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पत्रकारहरुसँग आफूलाई टीकापुर घटनाको बारेमा प्रश्न नसोध्न चेतावनी दिएका छन् । पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका चौधरीले सँधै एउटै प्रश्न सोधेर हैरानी नदिन पत्रकारहरुलाई चेतावनी दिएका हुन् ।

सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले टीकापुर घटनाको बारेमा पत्रकारहरुले सोध्ने एकैखालका प्रश्नको जवाफ दिँदा दिँदा आफू थाकेको दाबी लगरे । अरु कुनै नवीनतम प्रश्न सोध्न उनको आग्रह थियो ।नेता चौधरीले भने–‘हामी पटक–पटक त्यही एउटा प्रश्न र त्यही उत्तरबाट आजित छौं ।

तपाईँहरू पनि त्यो प्रश्न नसोध्नुहोस् मलाई पनि त्यसको सयौँ पटक उत्तर दिनुपर्ने बाध्यताको सिर्जना नगर्नुहोस् ।’ आफू कुनै हत्यारा नभएको भन्दै उनले सुर्खेत आउँदा आफूलाई विमानस्थलमा त्यस्तो भव्य स्वागत होला भनेर नसोचेको बताए । उनले आफू जनतामाझ लोकप्रिय रहेकोले हालसम्म चार ट्रकभन्दा बढी मालाले स्वागत गरेको दाबी गरे ।

नेता चौधरीले अगाडि भने– ‘म एउटा हत्यारा भएको भए मलाई मान्छेले यसरी किन स्वागत गर्थे होला,’ उनले भने,‘ हिसाब गर्ने हो भने पनि मान्छेले अहिलेसम्म चार ट्रक मालाले स्वागत गरेका छन् ।’त्यसका साथै उनले राज्यले कर्णालीको पीडा बुझ्न नसकेको आरोप लगाए । उनले सुदूरपश्चिम प्रदेशको नाम ‘सुदूरपश्चिम’ राम्रो नभएको र त्यो बदल्नुपर्ने तर्क राखे । सुदूरपश्चिम नाम हटाएर थरुहट प्रदेश नाम राखिदिनुपर्ने उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू