काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकका असन्तुष्टिहरु जनप्रतिनिधिका गतिविधिमा निर्भर भएकाले जनप्रतिनिधिहरु थप जिम्मेवार बन्नुपर्ने बताएका छन्।
शनिबार नागार्जुन नगरपालिकाको नगर सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै गएको भन्दै उनले यसले समाज कता जाँदैछ भन्ने सोच्नुपर्ने बेला आएको टिप्पणी गरे ।
नेता सिंहले एकथरि मानिसहरुले देशमा केही भएन भनेर गलत भाष्य स्थापित गर्न खोजेको दाबी गरे । हुनुपर्ने जति उपलब्धि नभएको स्विकार्दै उनले भएका उपलब्धिको समेत अवमूल्यन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्