Ads

कोरिया जान नपाएपछि सयौँ युवाहरु आन्दोलित


काठमाडौ, । दक्षिण कोरिया जान नपाएपछि सयौँ युवाहरु आन्दोलित भएका छन् ।  भनेको समयमा रोजगारीका लागि दक्षिण कोरिया जान नपाएपछि उनीहरु आन्दोलित भएका हरन् ।

ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा सयौँ युवाले धर्ना तथा नारा जुलुस गरेका हुन्।

रोजगारीका लागि दक्षिण कोरिया जान पाउनुपर्ने मागसहित उनीहरुले आन्दोलन गरेका हुन् । यसरी नारा जुलुस गर्नेहरु ईपीएस कोरिया भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाहरु थिए।

उनीहरुमध्ये एक पटक कोरिया पुगेर फर्किएका र पुनः भाषा परीक्षा दिएर सूचीमा रहेकाहरु छन्।

दक्षिण कोरियाका रोजगारदाताले एक पटक कोरिया पुगेर आएकाभन्दा पनि नयाँ कामदार लैजाने गरेपछि यसअघि नै कोरियामा काम गरेर फर्किएकाहरु रोजाइमा नपरेका हुन्।

नेपाली श्रमिकको संख्या बढिरहेका बेला यसरी गएर फर्किएका र भाषा परीक्षा दिएर सूचीमा रहेका भने ५ प्रतिशत पनि जान पाएका छैनन्। आफूहरुलाई विभेद गरिएको गुनासो उनीहरुले गरे।

उनीहरुले आफ्नो रोजगारी सुनिश्चितताको माग गर्दै ईपीएसको कार्यालय घेरेका हुन्। करिब ६–७ सयको संख्यामा उपस्थित भएर उनीहरुले नाराजुलुस गरेको ईपीएस शाखा प्रमुख पुष्पराज कट्वालले जानकारी दिए।

Ads

सम्बन्धित पोष्टहरू