Ads

छलफल सौहार्दपूर्ण र खुलस्तरुपमा : सरकारका प्रवक्ता


काठमाडौं । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई  सकारात्मक निस्कर्षमा पुर्‍याउन विषयमा तीन शीर्ष नेताहरुबीच सकारात्मक छलफल भएको दाबी गरेका छन् ।

नेतात्रयको बैठकमा सहभागी भएका कार्कीले आजको छलफलले राष्ट्रिय राजनीतिलाई नै नयाँ निर्देश गरेको उल्लेख गरे ।
उनले भने  ‘एमसीसीलाई चाँडै निस्कर्षमा पुर्याउने दिशामा सकारात्मक छलफल भयो,।’

प्रधानमन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सौहार्दपूर्ण र खुलस्तरुपमा कुराकानी भएको उनले बताए ।

Ads

सम्बन्धित पोष्टहरू