Ads

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसद अवरुद्ध


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरूद्ध पारेका छन् ।सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले सदन अवरूद्ध पारेका हुन् ।

सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभेसँगै दुवै दलले सदन अवरूद्ध पारेका हुन् ।

सरकारले बजेट बक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णय गरेसँगै दुवै दलले सदन अवरूद्ध पारेका हुन् । उनीहरूले तत्काल सरकारले उक्त निर्णय सच्याउनुपर्ने बताएका हुन् ।

रास्वपाका सांसदहरूले उठेर विरोध गरे पनि एमालेले भने उठेर विरोध जनाएको छैन । एमाले सांसद सूर्य थापाले निर्वाचन आयोगलाई गाभ्ने निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए ।

Ads

सम्बन्धित पोष्टहरू