Ads

मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गर्न माग


काठमाडौँ । मानव तस्करीसम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनुपर्नेमा कानुन क्षेत्रका विज्ञले जोड दिएका छन् । महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मानव तस्करीसम्बन्धी छुट्टै कानुन नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा मानव तस्करीको मुद्दा चलाउन नसकिएकाले छिट्टै यससम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले मानव बेचबिखनसम्बन्धी कानुन संशोधन गरी तस्करीको दफा राख्न खोजिएको जानकारी गराएक हुन् । मानव तस्करीसम्बन्धी अलग कानुन बनाएर यो विषयलाई सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।

अधिवक्ता बिमला खड्का दर्लामीले सरकारी वकिलसँगै पीडितलाई अन्य कानुन व्यवसायी पनि उपलब्ध गराउने गरी कानुनमा संशोधन गरिनुपर्नेमा जोड दिइन् ।  । उनले  कानुनमा संशोधन गर्नुपर्ने बुँदा पनि प्रस्तुत गरेकी थिइन्

Ads

सम्बन्धित पोष्टहरू