Ads

प्रधानसेनापति शर्मा र उपमहासचिव ल्याक्ख्वाबीच शिष्टाचार भेट


काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पीय ल्याक्ख्वाबीच भेटवार्ता भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा उनीहरूबीच दुई पक्षीय चासो र आपसी हितका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना  निर्देशनालयले जनाएको छ।

नेपालको चार दिने भ्रमणमा आएका उपमहासचिव ल्याक्ख्वालाई उपरथी योगराज शर्मा र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत अभिवादन गरेका थिए।

प्रधानसेनापति शर्मासँग नेपालका लागि म्यानमारका गैरआवासीय सैनिक सहचारी सहायकरथी ये टुट्ले हिजै शिष्टाचार भेटघाट गरेको निर्देशनालयले जनाएको छ

Ads

सम्बन्धित पोष्टहरू